पशुपतिको जलहरीमा ओलीलाई जोड्नु गलत : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथको जलहरीमा प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई जोड्नु गलत भएको बताएका छन् ।
आफ्ना पार्टीका सांसद लेखनाथ (राजन) दाहालले जेठ १० गतेको बैठकमा दिएको अभिव्यक्तिलाई लिएर एमालेले तीव्र असन्तुष्टि व्यक्त गरिरहेका बेला प्रचण्डले आफ्ना सांसदको अभिव्यक्ति गलत भएको ठहर गर्दै ओलीको बचाउ गरेका हुन् ।
शनिबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, पशुपतिमा जलहरी लगाउने काम पशुपति क्षेत्र विकास कोषको हो । यसमा भएको अनियमिततामा केपी ओलीज्यूलाई जोड्नु उचित हुँदैन ।’
पशुपतिमा लगाइएको जलहरीमा भएको अनियमिततामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको उल्लेख गर्दै उनले यसमा सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
माओवादी केन्द्रका सांसद दाहालले जेठ १० मा केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा यती, ओम्नीसँगै पशुपतिनाथको जलहरी राख्नेक्रममा समेत भ्रष्टाचार गरिएको आरोप लगाएपछि एमालेले बिना प्रमाण आक्षेपित गरिएको भन्दै शुक्रबार संसद् बैठक अवरुद्ध पारेको थियो । शनिबार प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच यसै विषयलाई लिएर छलफल भएको थियो । जसले माओवादी सांसदको आरोप गलत भएको निष्कर्ष निकाल्दै त्यसलाई संसदको रेकर्डबाट हटाउने र प्रधानमन्त्री प्रचण्डले यसबारे संसदमा स्पष्ट पार्ने सहमति भएको थियो । त्यसैअनुरूप प्रचण्डले संसदमा ओलीको बचाउ गरेका हुन् ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया