पौडी खेल्ने क्रममा मर्स्याङ्दीमा एक बेपत्ता

डुम्रे । पौडी खेल्ने क्रममा मस्र्याङ्दी नदीमा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तनहुँको भानु नगरपालिका–८ बलिफाँटका ३५ वर्षीय सुकबहादुर नेपाली रहेका छन् ।
पौडी खेल्ने क्रममा नेपालीलाई नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । नदीले बगाएर बेपत्ता भएका नेपालीको प्रहरी चौकी पुर्कोट, इलाका प्रहरी कार्यालय भानु तनहुँका प्रहरी निरीक्षकको टोली, मनकामना गण भानु तनहुँबाट उद्धार सामग्रीसहित सशस्त्र प्रहरी बल र स्थानीयवासीले खोजतलास गरिरहेको उनले बताए ।
“घरबाट सोही स्थानमा रहेको सतदेवी मन्दिरको निर्माणका लागि श्रमदान गर्न जान्छु भनेर निस्केका रहेछन्, मस्र्याङ्दी किनारमा पौडी खेल्ने क्रममा नदीले बगाएरको रहेछ”, खाणले भने, “आज दिउँसो ११ः४५ बजे नदीले बगाएको खबर पाएका थियौँ ।”
हालसम्म नेपाली फेला नपरेको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान तथा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
ताजा अपडेट
-
आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
-
कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने
-
टोखा-छहरे सुरुङमार्ग निर्माण र नागढुंगा सुरुङमार्ग सञ्चालनबारे छलफल
-
गायिका एलिना चौहान ‘साइबर ब्युरो’ गएपछि…
-
त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस
प्रतिक्रिया