कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरूको छलफल

काठमाडौँ । संघीय निजामती विधेयकमा समावेश कुलिङ पिरियडको व्यवस्थाबारे सांसदहरूले प्रतिनिधिसभा सभामुखसँग छलफल गरिरहेका छन्।
सिंहदरवारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा सांसदहरूले यो विषयमा छलफल गरेका हुन्। छलफलमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, नेकपा (एकीकृत समाजवादी) का राजेन्द्र पाण्डे, नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपाने, नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालका प्रकाश अधिकारीलगायत सहभागी छन्।
प्रतिनिधिसभाबाट पारित संघीय निजामती विधेयकमा कुलिङ पिरियडको व्यवस्थामा प्रयोग भएको शब्दावलीले विवाद निम्त्याएको छ। दुई वर्षको सहमति भए पनि विधेयक पारित हुँदा ‘बाहेक’ शब्द समावेश भएपछि उत्पन्न विवादका विषयमा सांसदहरूले सभामुखसँग छलफल गरेका हुन्।
ताजा अपडेट
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
प्रतिक्रिया