ट्विटरले ईयु डिसइनफरमेसन कोड छोड्दै
काठमाडौं । ट्विटरले युरोपेली सङ्घको डिसइनफरमेसन कोड छोड्ने निर्णय गरेको छ । एक स्वैच्छिक सम्झौताअनुसार प्रमुख सामाजिक प्लेटफर्म एकसाथ समूह बनाउँदा यसका दायित्व रहन्छन् र त्यसको पालना हुनुपर्छ, ईयु उद्योग आयुक्त थियरी ब्रेटनले शनिबार ट्वीटमा उल्लेख गरेका छन् ।
सन् २०१८ मा शुरु गरिएको ईयुको डिसइन्फर्मेसनको अभ्यास कोडले मेटा, गुगल, ट्विटर, माइक्रोसफ्ट र टिकटकजस्ता क सामाजिक सञ्जालसहित लगभग तीन दर्जन हस्ताक्षरकर्तालाई समावेश गरेको थियो ।
त्यसबेला कोड प्रयोगकर्ताले तथ्य–जाँचकर्तासँग विकृति वितरण गर्ने संरचनालाई बढावा नगर्ने जस्ता तीन दर्जनभन्दा बढी प्रतिज्ञा गरेका थिए । आफूले प्रतिज्ञा गरेका कुराको पालना गर्नु आवश्यक हुन्छ तर एलन मस्कले ट्वीटरको स्वामित्व लिएपछि प्रतिज्ञाको पालनामा अनुदार रहेका पाइन्छन् ।
युरोपेली आयोगका एक अधिकारीले शुक्रबार एएफपीलाई भनेका थिए, ‘यदि (एलोन मस्क) ले कोडलाई गम्भीरतापूर्वक लिएनन् भने उनले राजीनामा दिनु राम्रो हुन्छ ।’
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया