रेशमलाई माफी दिएकोमा गगनको असन्तुष्टी : कानुनी शासनको कुरा गर्दा सरकार ढले फरक पर्दैन
काठमाडौं । कांग्रेसका महामन्त्री गगन थापाले सर्वोच्च अदालतबाट जन्मकैद सँजाय पाएका रेशम चौधरीलाई सरकारले माफी दिएकोमा असन्तुष्टी जनाएका छन् ।
सोमबार ललितपुर कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारले बलमिच्याइँ गरी अदालतलाई हेपेको आरोप लगाए ।
‘अदालतले गरेको अन्तिम फैसलाका सन्दर्भमा सजाय मिनाहा हुन्छ कि हुँदैन भनेर कानूनले बन्दोबस्त गरेको छ’, उनले भने, ‘आज सरकारलाई मन लाग्यो निर्णय गरिदियो, राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो। यो राजाको शासन होइन, हुकुम चल्दैन। यो गणतन्त्र हो, यहाँ कानून चल्छ।’
थापाले कानूनको शासनको वकालत गर्दा सरकार ढले पनि केही नहुने बताए । विराेध गर्दा सरकार ढले अर्काे सरकार बन्ने उनकाे भनाइ छ ।
टीकापुर घटनामा सर्वोच्च अदालतले मुख्य दोषी ठहराएका चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज आम माफी दिएका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया