सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आज, होला त अन्तिम सुनुवाइ ?
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामाथि आज सुनुवाइ हुँदैछ ।
अन्तिम सुनुवाइका लागि पटक–पटक पेसी तोकिए पनि उमेर विवादका कारण प्रभावित हुँदै आएको छ । यही कारण यसअघि न्यायाधीश फणीन्द्र पराजुलीको इजलासले पीडितको उमेरसम्बन्धी प्रमाणपत्र पुनः झिकाउन आदेश दिएको थियो ।
गत भदौ ५ मा लामिछानेले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै नाबालिकाले भदौ २१ मा जाहेरी दर्ता गरेकी थिइन् । यससम्बन्धी मुद्दा जिल्ला अदालत, काठमाडौंमा दायर गरिएकोमा विचाराधीन छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया