नेप्से २० अंकले घट्यो, २ अर्ब ४ करोड रूपैयाँको कारोबार
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से २०.३४ अंकले घटेर दुई हजार ६३०.३६ विन्दुमा पुगेको छ ।
ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ४.२२ अंकले उकालो लागेर ४९५.११ मा पुगेको छ । नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । बुधबार कूल २२६ कम्पनीको ३९ लाख ८५ हजार ५१४ कित्ता सेयर खरिद बिक्री हुँदा दुई अर्ब ४ करोड ६३ लाख ५२ हजार ५४७ रूपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार भएका विभिन्न १३ उपसमूहमध्ये आज २ उपसमूको सेयर मूल्य बढेको छ भने ११ उपसमूहको सेयर भने घटेको छ। व्यापार ०.५ र म्युचल फण्ड ०.२५ अंकले बढेको छ । जलविद्युत् १.१६ र वित्त १.५५, बैंकिङ ०.५४, होटल तथा पर्यटन ०.६२, विकास बैंक १.११, निर्जीवन बीमा ०.६५, उत्पादन १.२१, अन्य १.०१, लघुवित्त ०.४१, जीवन बीमा ०.८६, लगानी ०.९१ अंकले उकालो लागेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया