बालेनको कटाक्ष– बल्ल सांसद वडाध्यक्षको लेबलमा आउनुभयो
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले सांसद विकास कोष ब्युँताउने सरकारको निर्णयप्रति कटाक्ष गरेका छन् ।
वडाध्यक्षले गर्ने काममा सांसदले रुचि देखाएको भन्दै उनले यसप्रति असन्तुष्टि जनाएका हुन् ।
सांसद विकास कोष पाएपछि सांसदहरू वडाध्यक्षको लेबलमा आएको टिप्पणी पनि उनले गरेका छन् ।
‘वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीयज्यूहरू,’ शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सांसद विकास कोष पाउनु भएपछि बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आउनु भयो ।’
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा सांसद विकास कोष ब्युँताएर बजेट विनियोजन गरेका छन् । विवादास्पद कार्यक्रम समेटिएपछि यसको चर्को विरोध भइरहेको छ ।
ताजा अपडेट
-
सुनको भाउ घट्दा चाँदीको बढ्यो
-
२० दिनको बिदापछि इजलास फर्किन् न्यायाधीश मल्ल
-
सुनकोशी-मरिण डाइभर्सनको बाँध निर्माणका लागि ठेक्का आह्वान
-
रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार
-
शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो


प्रतिक्रिया