‘संकटकाल र सटडाउनको अवस्थाबाहेक सरकारी कार्यालय बन्द गर्न मिल्दैन’
काठमाडौं । यातायात व्यवस्था विभागले सर्भर बिग्रिएको भन्दै देशभरका यातायात कार्यालयहरूबाट दिइने सबै सेवा बन्द गराएकोप्रति उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले आपत्ति जनाएका छन् । यो नागरिकमाथिको अत्याचार भएको उनको भनाइ छ ।
नेपालवाचसँग कुरा गर्दै बानियाँले विचौलियाहरूको प्रभावमा परेर यातायात कार्यालयहरू बन्द गरिएको दाबी गरे ।
‘देशमा संकटकाल लागेको अवस्था वा सटडाउन भएको अवस्थाबाहेक अन्य अवस्थामा सरकारी कार्यालयहरू बन्द गर्न मिल्दैन,’ उनले भने, ‘अहिले यो दुवै अवस्था होइन । यसर्थ, सानो निउँ बनाएर सरकारी कार्यालय बन्द गर्नु बेठीक हो ।’
सरकारी कार्यालय बन्द गर्नुले सरकार असफल भएको संकेत गरेको बानियाँको तर्क छ ।
‘सरकार असफल भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले रेणु यादवले तत्काल राजीनामा दिनुपर्छ ,’ उनले भने ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया