यी पाँच चर्चित टेलिभिजन अभिनेत्री जो आमा बन्दै छन्
एजेन्सी । भारतीय टेलिश्रृखलामा आफ्नो छुट्टै पहिचार बनाउन सफल भएका ५ अभिनेत्रीहरु यो वर्ष आमा बन्न लागेका छन् ।
टिभी सिरियल ‘ससुराल सिमरका’ बाट पहिचान बनाउन सफल अभिनेत्री हुन् दीपिका कक्कड । उनले २०१८ मा अभिनेता शोएब इब्राहिमको विवाह गरेकी हुन् । विवाहको पाँच वर्षपछि दीपिका आमा बन्न लागेकी छन् ।
टिभी सिरियल ‘रजिया सुल्तान’ मा चर्चा कमाएकी अभिनेत्री पंखुरी अवस्थी पनि यो वर्ष आमा बन्ने भएकी छन् । उनले अभिनेता गौतम रोडेकोसँग विवाह गरेकी हुन् । यी द्वयले २०१८ मा विवाह गरेका हुन् ।
अभिनेत्री इशिता दत्तले पनि यो वर्ष आमा बन्ने सौभाग्य पाएकी छन् । उनले सन् २०१७ मा विवाह गरेकी हुन् । उनले ‘थोडासा बादल थोडासा पानी’, ‘बेपनाह प्यार’, ‘एक घर बनाउँगा’, ‘बहुँ बेगम’ लगायतका चर्चित सिरियलमा काम गरिसकेकी छन् ।
टिभी अभिनेत्री दिशा परमार र गायक राहुल वैद्य पनि पहिलो पटक अभिभावक बन्न लागेका छन् । दुवैले २०२१ मा विवाह गरेका हुन् । उनको सिरियल ‘प्यारका दर्द हे, ‘वो अपना सा’, ‘बडे अच्छे लगते है २’ निकै रुचाइएका सिरियल हुन् ।
त्यस्तै, यो वर्ष ‘भाभीजी घर पर है’ टिभि सिरियलकी अभिनेत्री विदिशा श्रीवास्तव पनि गर्भवती छिन् । विवाहको ७ वर्षपछि उनी पहिलो पटक आमा बन्न लागेकी हुन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया