सन्दीपको मुद्दामा आज पनि भएन अन्तिम सुनुवाइ
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामाथि आज पनि अन्तिम सुनुवाइ भएन।
जिल्ला अदालत काठमाडौंमा विचाराधीन उनको मुद्दा न्यायाधीश शंकरबहादुर राईको इजलासमा पेसी परेको थियो। न्यायाधीश राईले पीडितका तर्फबाट अन्तरिम राहतका लागि क्षतिपूर्ति माग गर्दै निवेदन दिए । न्यायाधीशले उक्त निवेदन पनि साथै राखेर सुनुवाए गर्नुपर्ने तर्क गरेपछि बहस नभएको हो।
अन्तिम सुनुवाइका लागि पटक–पटक पेसी तोकिए पनि उमेर विवादका कारण प्रभावित हुँदै आएको छ ।
गत भदौ ५ मा लामिछानेले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै नाबालिकाले भदौ २१ मा जाहेरी दर्ता गरेकी थिइन् । यससम्बन्धी मुद्दा जिल्ला अदालत, काठमाडौंमा दायर गरिएकोमा विचाराधीन छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया