२६ निर्माण कम्पनी कालोसूचीमा
काठमाडौं । सरकारले २६ निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ । कबोलअनुसारको काम नगरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको हो ।
विभिन्न सार्वजनिक निकायबाट लेखी आएबमोजिम यी कम्पनीहरूलाई सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । यी कम्पनीलाई एकदेखि तीन वर्षसम्म कालोसचूमा राखिएको छ ।
कालोसूचीमा परेकाहरूमा कलेज अफ इम्प्लोइमेन्ट प्रालि, श्री पप्पु कन्स्ट्रक्सन प्रालिदेखि युमन निर्माण सेवालगायत २६ कम्पनी छन् ।
हेर्नुहोस् सार्वजनिक खरिद अनुगमन कार्यालयको सूचना

ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया