६९७ कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति (नामावलीसहित)

काठमाडौं । सरकारले निजामती सेवाअन्तर्गतका कर्मचारीहरूका ६९७ छोराछोरीलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने भएको छ ।
निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउनेसम्बन्धी निर्देशिका, २०७८ अनुसार गत वैशाख १५ गते शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयले आवेदन आह्वान गरेको थियो । उक्त प्रक्रियामा सामेल भएर आवेदन दिनेमध्येबाट सचिवालयले प्रारम्भिक नतिजा सार्वजनिक गरेको हो ।
प्रक्रिया पूरा गरेर आवेदन दिएकामध्ये ६९७ जनालाई आर्थिक वर्ष २०७९/८० को स्वीकृत कार्यक्रमअनुसार, शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउन प्रारम्भिक नतिजा सार्वजनिक गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतको सचिवालयले जनाएको छ ।
प्रक्रियामा सामेल भएर छनोटमा चित्त नबुझेका तथा गलत विवरण पेश गरेर छनोटमा परेकालाई गुनासो तथा उजुरी दिन भने आह्वान गरिएको छ । १५ दिनभित्र आधार र कारणसहित परेका उजुरीउपर छानबिन गरेर कसैले त्रुटि गरेको भेटिएमा कारबाही गर्ने सचिवालयले जनाएको छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया