६९७ कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति (नामावलीसहित)
काठमाडौं । सरकारले निजामती सेवाअन्तर्गतका कर्मचारीहरूका ६९७ छोराछोरीलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने भएको छ ।
निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउनेसम्बन्धी निर्देशिका, २०७८ अनुसार गत वैशाख १५ गते शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयले आवेदन आह्वान गरेको थियो । उक्त प्रक्रियामा सामेल भएर आवेदन दिनेमध्येबाट सचिवालयले प्रारम्भिक नतिजा सार्वजनिक गरेको हो ।
प्रक्रिया पूरा गरेर आवेदन दिएकामध्ये ६९७ जनालाई आर्थिक वर्ष २०७९/८० को स्वीकृत कार्यक्रमअनुसार, शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउन प्रारम्भिक नतिजा सार्वजनिक गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतको सचिवालयले जनाएको छ ।
प्रक्रियामा सामेल भएर छनोटमा चित्त नबुझेका तथा गलत विवरण पेश गरेर छनोटमा परेकालाई गुनासो तथा उजुरी दिन भने आह्वान गरिएको छ । १५ दिनभित्र आधार र कारणसहित परेका उजुरीउपर छानबिन गरेर कसैले त्रुटि गरेको भेटिएमा कारबाही गर्ने सचिवालयले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया