रारामा म्याराथन प्रतियोगिता हुने

काठमाडौं । मुगुको रारामा म्याराथन प्रतियोगिता हुने भएको छ । श्रीबक्स गुल्म, रारा हुटु र छायाँनाथ रारा नगरपालिकाको संयुक्त आयोजनामा शनिबार तेस्रो संस्करणको म्याराथन प्रतियोगिता हुन लागेको हो ।
प्रदेश तथा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नाका साथै राराको पर्यटन प्रवद्र्धन गर्न प्रतियोगिता आयोजना गरिएको श्रीबक्स गुल्मका गुल्मपति डोलराज श्रेष्ठले जानकारी दिए । सहभागी खेलाडी राराताल वरिपरि दौडिने छन् । दुई हजार नौ सय ७२ मिटरको उचाइमा रहेको रारामा दौड प्रतियोगिता गर्न सकिन्छ भन्ने उद्देश्यले म्याराथन आयोजना गरिएको उनी बताउँछन् ।
प्रतियोगितामा पहिलो हुनेलाई रु ४० हजार, द्वितीय हुनेलाई रु ३० हजार र तेस्रो हुनेलाई रु २० हजार पुरस्कार प्रदान गरिनेछ । सहभागी सबै खेलाडीलाई प्रमाणपत्रसहित सस्म्मान गरिने आयोजकले जनाएको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया