सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो प्रतितोला ?

काठमाडाैं । सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । साताको अन्तिम कारोबार दिन छापावाल सुन प्रतितोला ८ सय रूपैयाँ बढेर एक लाख १३ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । शुक्रबार तेजावी सुन प्रतितोला एक लाख १२ हजार ७५० रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला २५ रूपैयाँ बढेर एक हजार ४३५ रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४१० रूपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया