जी-२० बाट रुसलाई हटाउने योजनाप्रति चीन आक्रोशित
काठमाडौं । विश्वका शक्तिशाली देशहरुको समूह जी-२० बाट रुसलाई निष्काशित गर्ने पश्चिमी देशको योजनाप्रति चीन आक्रोशित भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ बेन्बिनले बुधबार प्रेस सम्मेलनको क्रममा जी-२० मा कुनै पनि देशलाई अन्य देशहरुले निष्काशित गर्ने अधिकार नभएको बताएका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिका र अन्य पश्चिमी देशले रुसलाई जी-२० समूहबाट हटाउने विचार गरिरहेका छन् । पोल्यान्डले मंगलबार अमेरिकी अधिकारीलाई रुसको ठाउँमा पोल्यान्डलाई राख्न सुझाव दिएको थियो ।
जी-२० विश्वको सबैभन्दा ठूला अर्थव्यवस्था भएका देशहरुको समूह हो । यी देशले विश्वलाई प्रभावित पार्ने ठूला मुद्दाहरु जस्तैः वैश्विक अर्थव्यवस्था, जलवायु परिवर्तन र विकासका आयाममा मिलेर काम गर्दै आएका छन् ।
यो समूहका अन्य सदस्यहरु भारत, चीन र साउदी अरबलगायतका मुलकले रुसको समर्थनमा भिटो प्रयोग गर्न सक्ने मानिएको छ ।
रुस सन् २००० मा जी-७ देशको सदस्य भएको थियो । तर सन् २०१४ मा क्रिमिया कब्जा गरेपछि यस समूहबाट हटाइएको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया