मालीमा फैलिएको हिंसामा १६ सैनिकको मृत्यु
काठमाडौं । मालीमा भएको छुट्टाछट्टै दुई आक्रमणमा परी १६ सैनिकको मृत्यु भएको र १८ जना घाइते भएको मालीको सेनाले बुधबार बताएको छ ।
मालीको साहेल राज्यमा फैलिएको पछिल्लो हिंसामा मङ्गलबार अबेरसम्म भएका झडपमा देशको उत्तरपूर्व र मध्यक्षेत्रमा भएका आक्रमणमा यो हप्ता १६ सैनिकको मृत्यु भएको र १८ जनायो र १८ जना घाइते भएको उक्त आक्रमणमा इस्लामिक स्टेट समूहको सम्लग्नता रहेको पुष्टि गरिएको छ ।
आक्रमणमा ३७ विद्रोही पनि मारिएका र उनीहरूबाट ठूलो पैमानामा हतियारहरू जफत् गरिएको सेनाले बताएको छ ।
दुई करोड १० लाख जनता भएको गरिब राष्ट्र मालीले छिमेकी बुर्किना फासो र नाइजरमा फैलिनुअघि सन् २०१२ मा देखा परेको जिहादी विद्रोहलाई रोक्न सङ्घर्ष गर्दै आएको छ । यस युद्धमा हजारौं सिपाही तथा नागरिकहरू मारिएका छन् र सयौं हजार मानिसहरू आफ्नो घर छोडेर भागेका छन् ।
सन् २०२० मा सत्ता कब्जा गरेको मालीको सत्तारूढ सैन्य प्रशासनले जिहादी समूहसँग निरन्तर लड्दै आएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया