इरानबाट दुई हजार बढी अफगान शरणार्थी स्वदेश फर्किए
काबुल । अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले आइतबार विज्ञप्तिमार्फत छिमेकी इरानबाट कुल २,१०६ अफगान शरणार्थी शनिबार स्वदेश फर्किएको उल्लेख छ ।
‘इरानमा शरणार्थीका रूपमा वर्षौँसम्म बसेका २,१०६ अफगानी शरणार्थी शनिबार आफ्नो मातृभूमि अफगानिस्तान फर्किएका छन् । शरणार्थीलाई उनीहरूको देश फर्काउने प्रक्रिया जारी छ,’ विज्ञप्तिमा भनिएको छ ।
यसअघि मे ३१ मा मन्त्रालयले इरानबाट करिब २,८०० अफगान शरणार्थी फिर्ता भएको जानकारी दिएको थियो । गत जनवरीदेखि करिब ६०,००० अफगान शरणार्थी इरानबाट स्वदेश फर्किएका छन् ।
२५ लाखभन्दा बढी दर्ता भएका अफगान शरणार्थी इरानमा बस्दै आएका छन् र त्यति नै सङ्ख्यामा अफगान शरणार्थी पाकिस्तानमा बसिरहेका छन् ।
अफगानिस्तानको कामचलाउ सरकारले विदेशमा रहेका अफगान शरणार्थीलाई स्वदेश फर्कन र पुनःनिर्माण प्रक्रियामा योगदान दिन आह्वान गर्दै आएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया