नेविसंघ अध्यक्षमा शेर्पा र तरुण दल अध्यक्षमा गुरुङ्ग
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ र तरुण दलमा अध्यक्ष चयन गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत ३ फागुनको निर्णय अनुसार देउवाले कांग्रेसको विधान २०१७ (संशोधन सहितको धारा ४२ (१) (च) बमोजिम रिक्त नेविसंघ र नेपाल तरुण दलमा अध्यक्ष चयन गरेका हुन् ।
जसमा नेविसंघमा काठमाडौंका दुजाङ शेर्पा र तरुण दलमा पर्वतकाविद्वान गुरुङ्गलाई चयन गरेका हुन् । गुरूङ दलका पूर्व काेषाध्यक्षसमेत हुन् ।
नेविसंघ अध्यक्ष बनाइएका शेर्पा अहिलेसम्म नेविसंघको कुनै भूमिकामा बसेका विद्यार्थी नेता होइनन् । उनी शंकरदेव क्याम्पस इकाइ सभापतिको प्रत्यासी भएका थिए । नेविंघमा केन्द्रीय सदस्य पनि नभएका शेर्पा आदिवासी विद्यार्थी संघको केन्द्रीय अध्यक्ष भने भइसकेका छन् ।
नैनसिंह महर अध्यक्षमा निर्वाचित हुँदा शेर्पा जनजातितर्फबाट सहमहामन्त्रीमा उम्मेदवार बनेर पराजित भएका थिए । पहिले कृष्णप्रसाद सिटौला निकट रहेका शेर्पा पछिल्लो समय भने संस्थापन पक्षका आरजु र डा. प्रकाशशरण महत निकटका मानिन्छन् । नेविसंघमा रहेर भूमिका नदेखाए पनि शेर्पा सक्रिय विद्यार्थी नेता रहेको नेविसंघकै एक नेता बताउँछन् ।
तदर्थ कार्यसमितिले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३ (तीन) महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नु पर्नेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया