विवाहकै रात बिते दुलाहा–दुलही
काठमाडौं । विवाहकै रात दुलाहा र दुलहीको मृत्यु भएको छ । त्यो पनि एउटै कारण, हृदयघात भएर ।
भारतको उत्तरप्रदेशस्थित बहराइच जिल्लामा एक साताअघि यस्तो स्तब्ध पार्ने घटना भएको हो ।
गत मे ३० मा २४ वर्षीय प्रताप यादव र २२ वर्षीया पुष्पा यादव विवाह बन्धनमा बाँधिएका थिए । विवाह कार्यक्रम सकिएपछि राति उनीहरू सही सलामत अवस्थामा आराम गर्न कोठामा छिरेका थिए । तर भोलिपल्ट बिहान दुवै मृत अवस्थामा भेटिएको हिन्दूस्तान टाइम्समा उल्लेख छ ।
समाचारअनुसार, भोलिपल्ट बिहान लामो समयसम्म नउठेपछि कोठा फोडेर हेर्दा दुवै मृत अवस्थामा भेटिएका थिए । अप्रत्यासित दृश्यपछि शव परीक्षणका लागि फरेन्सिक विशेषज्ञको टोली बोलाइएको थियो । जसले दुवैको मृत्यु हृदयघाटबाट भएको निष्कर्ष निकालेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया