सहकारी क्षेत्र अनौपाचारिक क्षेत्रजस्तो भएको छ : विमलेन्द्र निधि
काठमाडाैं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले सहकारी क्षेत्र अनौपाचारिक क्षेत्र जस्तो भएको बताएका छन् । मंगलबार प्रतिनिधि सभामा बजेटमाथि टिप्पणी गर्ने क्रममा उनले सो बताएका हुन् ।
सांसद निधिले देशभर ३० हजार भन्दा बढी छरिएर रहेको सहकारीलाई राम्रोसँग नियमन गर्न सकियो भने अहिले बजारमा देखिएको तरलता व्यवस्थापनमा सहयोग पुग्ने उल्लेख गरे ।
त्यस्तै उनले अर्थतन्त्रको तीन खम्बे मानिएको सहकारीलाई कागजीमा मात्रै नभएर व्यवहारमा पनि लागु गर्नुपर्ने धारणा व्यक्त गरे ।
ससद्मा उनले सहकारी ऐनको दफा १२ मा बैंकहरु खोल्ने अनुमति भएर पनि हाल एउटै मात्रै सहकारी बैंक हुनु विडम्बना भएको औल्यांएका छन् । उनले भने, ‘सहीकरी ऐनको दफा १२ मा बैंकहरू खोल्ने अनुमति छ तर देशमा एउटा मात्रै सहकारी बैंक छ । ५०० सय सेयरहोल्डरले खोल्न निवेदन दिएको छ, एउटै बैंकको एकाधिकार अन्त्य गर्नुपर्छ ।’
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया