समय आएपछि कालापानी सट्टापट्टाको निर्णय गर्नेको प्रमाण देखाउँछु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणलाई लिएर विपक्षी दलहरूले कनिकुथी विरोध जनाएको भन्दै असन्तुष्टी पोखेका छन् ।
आफ्नो भारत भ्रमणमा नयाँ सुरुआत भएको र समृद्धको ढोका खोलियोकोमा खुशी हुनुपर्नेमा दुःखी भएकोमा उनले गुनासो पोखे ।
यसैगरी सीमा समस्या रहेको विषय भारतीय प्रधानमन्त्रीले सार्वजनिक रूपमै स्वीकार गर्नु ऐतिहासिक भएको उनको जिकिर छ । सीमा समाधानमा आफूले विकल्पमा सट्टापट्टा विषय भारतसँग नगरेको दाबी गर्दै उनले अहिले चर्को विरोध गर्नेहरूले नै उक्त विषय उठाएको बताए ।
‘मैले अहिले ठ्याक्कै प्रमाण देखाउन सकिन । सायद समय आउँछ, मैले प्रमाण देखाउन सक्छु । अहिले जो–जो अहिले जो–जो पार्टी नेताहरूले यो सट्टा भन्ने शब्द आँ पनि गर्नुहुन्थेन भन्नुभएको छ, उहाँहरूले सट्टाको निर्णय गराउनु भएको छ’, बुधबार राष्ट्रिय सभा बैठकमा उनले भने ।
दुई पक्षबीच राम्रो विश्वासको वातावरण बनाएर लिपुलेक, कालापानीको समस्या हल हुने उनको भनाइ छ ।
ताजा अपडेट
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
प्रतिक्रिया