समय आएपछि कालापानी सट्टापट्टाको निर्णय गर्नेको प्रमाण देखाउँछु : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणलाई लिएर विपक्षी दलहरूले कनिकुथी विरोध जनाएको भन्दै असन्तुष्टी पोखेका छन् ।
आफ्नो भारत भ्रमणमा नयाँ सुरुआत भएको र समृद्धको ढोका खोलियोकोमा खुशी हुनुपर्नेमा दुःखी भएकोमा उनले गुनासो पोखे ।
यसैगरी सीमा समस्या रहेको विषय भारतीय प्रधानमन्त्रीले सार्वजनिक रूपमै स्वीकार गर्नु ऐतिहासिक भएको उनको जिकिर छ । सीमा समाधानमा आफूले विकल्पमा सट्टापट्टा विषय भारतसँग नगरेको दाबी गर्दै उनले अहिले चर्को विरोध गर्नेहरूले नै उक्त विषय उठाएको बताए ।
‘मैले अहिले ठ्याक्कै प्रमाण देखाउन सकिन । सायद समय आउँछ, मैले प्रमाण देखाउन सक्छु । अहिले जो–जो अहिले जो–जो पार्टी नेताहरूले यो सट्टा भन्ने शब्द आँ पनि गर्नुहुन्थेन भन्नुभएको छ, उहाँहरूले सट्टाको निर्णय गराउनु भएको छ’, बुधबार राष्ट्रिय सभा बैठकमा उनले भने ।
दुई पक्षबीच राम्रो विश्वासको वातावरण बनाएर लिपुलेक, कालापानीको समस्या हल हुने उनको भनाइ छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया