कांग्रेससँग तीन वटै तहको चुनावमा गठबन्धन हुन्छ : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले आगामी तीन वटै तहको निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुने दाबी गरेका छन् ।
सत्तारूढ गठबन्धनलाई निर्वाचनमा निरन्तरता दिनेबारे मतान्तर देखिएका बेला प्रचण्डले अहिलेको गठबन्धन तीनै तहको चुनावसम्म कायम हुने बताए ।
‘गठबन्धन कायम नै छ । यही गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र संघीय चुनावसम्म कायम रहन्छ,’ प्रचण्डले भने ।
चितवनका कांग्रेस नेताले केन्द्रले गठबन्धन गरे पनि नमान्ने भनेर गरेको टिप्पणीप्रति सञ्चारकर्मीले उनलाई प्रश्न गरेका थिए । जवाफमा उनले चितवन कांग्रेसले भन्दैमा केही नहुने बताए ।
निर्वाचन घोषणापछि प्रचण्ड पहिलो पटक चितवन पुगेका हुन् । माडीमा आयोजित विभिन्न कार्यक्रममा उनी सहभागी हुने कार्यक्रम छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया