नागरिकता विधेयकमा आफूलाई समुदाय विशेषको विरोधी भएको भाष्य निर्माण गर्न खोजियो : रवि लामिछाने
काठमाडौं । नागरिकता विधेयकका सम्बन्धमा रास्वपाका सभापति रवि लामिछानेले कुनै समूदायको विपक्षमा उभिएको भाष्य निर्माण गर्न खोजिएकोमा आपत्ति जनाएका छन् ।
बिहीबार आर्थिक वर्ष २०८०/८१ को बजेटमा टिप्पणी गर्नुपूर्व नागरिकता विधेयकलाई लिएर आफू र आफ्नो दलमाथि कुनै समूदायविरूद्ध उभ्याउन खोजिएकोमा उनले दुःख व्यक्त गरे । आफूले नागरिकता विधेयको कुनै विरोध गर्न नभइ प्रक्रियाको विषयमा विरोध जनाएको रविले स्पष्टिकरण दिए ।
‘म यो सम्मानित सदनमार्फत एक जिम्मेवार जनप्रतिनिधिको रूपमा नागरिकता विधेयकको विषयमा मेरो र दलको कुनै असहमति छैन । एकल आमाबाट जन्मेका छोराछोरीले नागरिकता पाउनुपर्छ भन्नेमा हाम्रो पनि पूर्णसहमत छ तर विधेयकबारे छलफल जसरी सदनमा छलफल हुनुपथ्र्यो त्यो भएन भनेर प्रक्रियागत कमजोरीको बारेमा मात्र विरोध जनाएको हो । यसमा हामीलाई कुनै समूदायको विरोधी भएको भाष्य निर्माण गर्न खोजिएकोमा म दुःख व्यक्त गर्न चाहन्छु’, उनले भने ।
सोमबार प्रधानमन्त्रीले नागरिकता विधेयक र भारत भ्रमणका सम्बन्धमा सदनलाई जानकारी गराउने विषयमा रास्वपाका सांसदहरू असंसदीय भाषा प्रयोग गरेका थिए । रविले आफ्ना सांसदको बचाउ गर्दै सरकाले दादागिरी देखाए चुप लागेर नबस्ने चेतावनी दिएका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया