नेपालमा कहिलेखि सुरू हुन्छ मनसुन ?

काठमाडाैं । नेपालमा हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषणअनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिन्छ ।
हाल देशभरको तापक्रम उच्च मात्रले बढेको छ भने तराइ क्षेत्रमा अझ बढी गर्मी बढेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईको मध्य क्षेत्र सप्तरीदेखि भैरहवा क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ भने नेपालगञ्जलगायत क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री हाराहारी छ ।
विभागका अनुसार यसपालिको मनसुनी दक्षिणी भारतको केरला आइपुगेको छ। नेपालमा भने मनसुन सुरू हुन केही समय लाग्ने अनुमान महाशाखाले गरेको छ ।
केरालामा १ जुनदेखि मनसुन सुरू हुने भएपनि यसपाली ढिला गरी सुरू भएको छ । केरालामा सुरू भएको करिब १३ दिनपछि नेपालमा मनसुन भित्रिन्छ ।
ताजा अपडेट
-
कामपामा सबैभन्दा बढी भवन खाली गराइ पाउँ भन्ने विवाद
-
७७ वर्षीय बालकृष्णको ड्रागन फ्रुट खेती, वार्षिक १० लाख आम्दानी
-
राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा
-
समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री
-
पोखरीमा डुबेर दुई बालकको मृत्यु
प्रतिक्रिया