संसदमा झाको प्रश्न – आलु र प्याजको ब्याज किन बढ्यो ?
काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद रञ्जु कुमारी झाले सरकारले आगामी आर्थिक वर्षबाट आलु र प्याजमा कर बढाउनेबारे गरेको निर्णयको विरोध गरेकी छिन् ।
आज प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको प्रथामितामाथि बोल्दै उनले सो विषयको विरोध गरेकी हुन् ।
‘आलु र प्याजमा ब्याज किन बढ्यो ?,’ सरकारलाई प्रश्न गर्दै उनले प्रत्येक गृहिणीको घरमा आलु र प्याज नभए खाना नपाक्ने हुँदा यो निर्णयलाई ढिलो नगरी हटाउनुपर्ने उनको माग छ । यसले गरिब जनतालाईमात्रै प्रभाव नपारेर बिरामीको स्वास्थ्यमा पनि प्रत्यक्ष असर पार्ने बताइन् । ‘यो एकदमै अनुचित र सहनै नसकिने कुरा हो । यो नबढोस् भनेर विनम्र अनुरोध गर्दछु,’ उनले भनिन् ।
विद्युतीय गाडीको सन्दर्भमा पनि कर बढाइनु गलत भएको उनको तर्क छ । यसको साटो बिलासी गाडीमा कर बढाउन अर्थमन्त्रीलाई उनको सुझाव छ ।
स्वास्थ्य र शिक्षा क्षेत्रमा सरकारले विनियोजन भएको बजेट अझै अपुग भएको उनले बताइन् । कृषिलाई बजेटले महत्त्व दिएपनि कार्यान्वयनमा आउँछ कि आउँदैन भन्ने उनको प्रश्न छ ।
खेलकुद, महिला र वन मन्त्रालयलाई बजेटले यसपालि पनि उपेक्षा गरेको बताउँदै यसमा उनले सरकारको ध्यानाकवर्षण गराएकी छिन् ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया