बजेट करेक्सन नगरे सरकार छाडिन्छ, सहिँदैन : पाण्डे
काठमाडौं । एकीकृत समाजवादीका उपाध्यक्ष एवं धादिङ–१ सांसद राजेन्द्र पाण्डेले बजेटमा चरम अन्याय भएको आक्रोस पोखेका छन् ।
समाजवादी प्रेस संगठनको शुक्रबार अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले सरकार छाड्ने तर अन्याय नसहने चेतावनी दिए ।
कार्यक्रमा उनले भौतिक पूर्वाधार मन्त्रालयको भागमा परेको पाँच अर्ब रूपैयाँ गोरखा, डँडेलधुरा र नुवाकोटमा लगेर सिध्याएको भन्दै अन्याय नसहने बताएका हुन्।
‘भौतिक पूर्वाधार मन्त्रालयमा जम्मा पाँच अर्ब पैसा झिकेर गर्न सकिने रहेछ, त्यो पाँच अर्बमध्ये एक अर्ब १० करोड रुपैयाँ डँडेलधुरामा, ५५ करोड गोरखामा ७५ करोड नुवाकोटमा छुट्टयाइएछ,’ उनले भने, ‘२३५ करोड ३ वटा जिल्लामा बाँकी २६५ करोड ७४ जिल्लामा ? यस्तो अन्यायपूर्ण कुरा सहँदैन ।’
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया