भारतीय स्थलमार्गबाट १०० रुपैयाँभन्दा बढीको सामान ल्याए भन्सार तिर्नुपर्ने
काठमाडाैं । एक सय रूपैयाँभन्दा बढीको मालसमान भारतको स्थलमार्गबाट हुँदै नेपाल भित्रिदा अब भन्सार कर लाग्ने भएको छ । भैरहवा भन्सार कार्यालयले एक सूचना जारी गरी भन्सार कर लाग्नेबारे जानकारी गराएको हो ।
भन्सार कार्यालयका अनुसार भारतीय सीमावर्ती क्षेत्रबाट एक सय रूपैयाँभन्दा बढी मालसामान किनेर नेपाल प्रवेश गर्ने हरेक यात्रुले भन्सार कार्यालयको यात्रु शाखामा अनिवार्य घोषणा गरी जाँचपास गराएर मात्रै लैजानुपर्ने छ । यात्रुले कार्यालयमा जानकारी नगराइ भन्सार परिसरभन्दा बाहिर लगिएको खण्डमा भन्सार ऐन २०६४ बमोजिम चोरी पैठरी कसुरमा कारबाही हुने कार्यालले सुचना गरेको छ ।
यसअघि सीमा क्षेत्रका भारतीय बजारमा गरिने किनमेलमा भन्सार अनिवार्य थिएन ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया