भारतीय स्थलमार्गबाट १०० रुपैयाँभन्दा बढीको सामान ल्याए भन्सार तिर्नुपर्ने

काठमाडाैं । एक सय रूपैयाँभन्दा बढीको मालसमान भारतको स्थलमार्गबाट हुँदै नेपाल भित्रिदा अब भन्सार कर लाग्ने भएको छ । भैरहवा भन्सार कार्यालयले एक सूचना जारी गरी भन्सार कर लाग्नेबारे जानकारी गराएको हो ।
भन्सार कार्यालयका अनुसार भारतीय सीमावर्ती क्षेत्रबाट एक सय रूपैयाँभन्दा बढी मालसामान किनेर नेपाल प्रवेश गर्ने हरेक यात्रुले भन्सार कार्यालयको यात्रु शाखामा अनिवार्य घोषणा गरी जाँचपास गराएर मात्रै लैजानुपर्ने छ । यात्रुले कार्यालयमा जानकारी नगराइ भन्सार परिसरभन्दा बाहिर लगिएको खण्डमा भन्सार ऐन २०६४ बमोजिम चोरी पैठरी कसुरमा कारबाही हुने कार्यालले सुचना गरेको छ ।
यसअघि सीमा क्षेत्रका भारतीय बजारमा गरिने किनमेलमा भन्सार अनिवार्य थिएन ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया