सत्ता टिकाउन रेशम चौधरीलाई माफी दिइयो : शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले टीकापुर हत्याकाण्डमा अदालतबाट दोषी ठहर भई जेल सजाय सुनाइएका रेशम चौधरीलाई आममाफी दिइएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । तीनै तहका अदालतबाट सजाय सुनाइएका व्यक्तिलाई राष्ट्रपतिमार्फत आममाफी दिँदा दण्डहीनतालाई प्रश्रय र लोकतन्त्रलाई कमजोर पारेको उनले बताए ।
‘सत्ता नै गए पनि तीन वटै तहका अदालतबाट दोषी ठहर भई सजाय सुनाइएका रेशम चौधरीलाई आममाफी दिन हुँदैनथ्यो,’ नेपाली कांग्रेस जिल्ला कार्यसमिति, भक्तपुरले शनिबार आयोजना गरेको कार्यक्रममा कोइरालाले भने, ‘सत्ता टिकाउनका लागि सरकारले चालेको यो कदमले दण्डहीनतालाई प्रश्रय र लोकतन्त्रलाई कमजोर पारेको छ ।’
फरक प्रसंगमा नेता कोइरालाले कांग्रेस कमजोर नरहेको बताए । कांग्रेस सशक्त र जुझारु रहेको उल्लेख गर्दै उनले कार्यकर्तालाई हीन भावना नराख्न आग्रह गरे ।
जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयमातहत राख्ने सरकारको निर्णयप्रति पनि उनले आपत्ति जनाए । यो निर्णय कार्यान्वयनमा गएमा निर्वाचन आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि नै प्रश्न उठ्ने उनको तर्क छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया