प्रचण्डले गरे पशुपतिनाथको दर्शन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथको दर्शन गरेका छन् । शनिबार मन्त्रीसहित पशुपति पुगेर प्रचण्डले दर्शन गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले पशुपतिको दर्शनसँगै त्यो क्षेत्रको अवलोकनसमेत गरे ।
प्रधानमन्त्री प्रचण्डले यसअघि भारत भ्रमणका क्रममा गेरुवस्त्र धारण गरेर त्यहाँको एक मन्दिरमा पूजाअर्चना गरेका थिए । आफूलाई भौतिकवादी बताएर पूजाअर्चना नगर्ने प्रचण्डले भारतमा फरक रवैया देखाएको भन्दै आलोचना चुलिरहेका बेला उनी मन्त्रीसँगै पशुपति पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती पनि दर्शन तथा अवलोकनमा सहभागी थिए ।

ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया