रणवीरमाथि कंगनाको प्रहार : ड्रग्सको लत लागेको व्यक्तिलाई रामको भूमिका !
एजेन्सी । सामाजिक सञ्जालमा आफ्ना अभिव्यक्तिलाई लिएर चर्चामा आइरहने बलिउड अभिनेत्री हुन् कंगना रनावत । यसपटक फिल्म ‘रामायण’ का स्टारकास्टलाई लिएर उनी फेरि चर्चामा आएकी छिन् ।
बलिउड निर्देशक नितेश तिवारीले रणवीर कपुर र आलिया भट्टलाई लिएर फिल्म ‘रामायण’ मा आधारित फिल्म बनाउन लागेको खबरबारे यतिबेला उनी भड्किएकी छिन् ।
कंगनाले रणबीरको नाम उल्लेख नगरी उनैलाई इंकित गरेर कडा हमला गरेकी छिन् । कंगनाले आफ्नो इन्स्टाग्रामको स्टोरीमा लेखेको स्टाटसमा महिलाबिना बाँच्न नसक्ने र ड्रग्सको लत रहेको पुरुषलाई राम बनाइन लागेको भन्ने कटाक्ष गरेकी हुन् ।
त्यस्तै, केजिएफ स्टारर यश अर्थात् नितेश तिवारीलाई दिइने भनिएको रावणको भूमिकाप्रति पनि उनले असन्तुष्टि जनाएकी छिन् । आफ्नै बलमा नाम कमाएर साउथका सुपरस्टार बनेका तिवारीलाई रामको साटो रावणको भूमिका दिइएको उनको टिप्पणी छ ।
कंगनाले एकपछि अर्को गर्दै रणवीरमाथि आफ्नो रिस पोखेकी छिन् । यद्यपि उनले यहाँ कसैको नाम भने लिएबी छैनन् । तर उक्त फिल्मका लागि रणवीरलाई मात्रै कास्ट गर्ने चर्चा चलिरहँदा यो रणवीरमाथिको प्रत्यक्ष प्रहार भएको बुझ्न कठिन छैन् ।
फिल्मको औपचारिक घोषणा दीपावलीमा हुनेछ । पिंकभिलाको रिपोर्टका अनुसार नितेश तिवारी र फिल्म निर्माता मधु मन्टेनाले सीताको भूमिकाका लागि आलियालाई पहिलो रोजाइका रूपमा लिएका छन् । अर्कोतर्फ, रणवीर भगवान रामको भूमिकाका लागि लुक टेस्ट दिइरहेका छन्।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया