NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

बेल्ट एण्ड रोड चलचित्र सप्ताह सुरू 

एजेन्सी । २५ औं साङ्घाई अन्तरराष्ट्रिय चलचित्र महोत्सवको एक भागको रूपमा बेल्ट एण्ड रोड चलचित्र सप्ताह शनिबार पूर्वी चीनको शाङ्घाई महानगरमा सुरु भएको छ।

यस वर्षको महोत्सवमा स्वदेश तथा विदेशका कुल २० वटा चलचित्र प्रदर्शन हुनेछन् । ती मध्ये चिनियाँ फिल्म ‘अबसेन्सू र हङ्गेरी’,  ‘सिक्स विक्सू’सहित आठ वटा चलचित्रले पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन्।

‘चलचित्र भनेको जीवन र सपनाको प्रदर्शन हो। मानिसहरू चलचित्रको माध्यमबाट गहिरो भावनाको आदानप्रदानको चाहना राख्छन्,’ चिनियाँ अभिनेता लेई जियाइनले भने । उनी यस वर्षको बेल्ट एण्ड रोड चलचित्र महोत्सवको प्रवर्द्धन दूत पनि हुन् ।

‘विश्वभरका चलचित्र निर्माताहरूले पनि बेल्ट एण्ड रोडु को इतिहास, वर्तमान र भविष्यलाई प्रदर्शन गर्न सक्ने थप उत्कृष्ट कार्यहरू सिर्जना गर्ने आशा राख्छन्,’ लेईले भने । यो वर्ष बेल्ट एण्ड रोड इनिसिएटिभको १० औं वार्षिकोत्सवका साथै बेल्ट एण्ड रोड फिल्म फेस्टिभल एलायन्सको ५ औं वार्षिकोत्सव मनाइदैछ।

बेल्ट एण्ड रोड चलचित्र सप्ताह जुन १८ सम्म चल्नेछ। स्क्रिनिङ सत्रहरूका अतिरिक्त, शिखर सम्मेलन,  अन्तरक्रिया मञ्च र अन्य थुप्रै प्रतियोगिताहरू यसमा समावेश हुनेछन् ।