कीर्तिमानी २३ औं ग्रान्डस्लाम जोकोभिचलाई

काठमाडौं । फ्रेन्च ओपन टेनिसको उपाधि टेनिस स्टार नोभाक जोकोभिचले हात पारेका छन् ।
गएराति पेरिसमा सम्पन्न खेलमा कास्पर रुडलाई पछि पार्दै जोकोभिचले कीर्तिमानी २३औं ग्राण्डस्लाभको उपाधि चुमेका हुन् ।
उनले नर्बेका रुडलाई ७–६ (७–१), ६–३ र ७–५ ले पराजित गरे ।
जोकोभिचले राफायल नाडालको नाममा रहेको २२ ग्रान्डस्लामको कीर्तिमानसमेत तोडेका छन् । यति मात्र होइन, उनी कम्तीमा तीन पटक मुख्य चार ग्रान्डस्लामको उपाधि जित्ने पहिलो खेलाडीसमेत बनेका छन् ।
त्यसैगरी, महिलातर्फ पोल्याण्डकी इगा स्वेटेकले उपाधि हात पारेकी छन् ।
प्रतिक्रिया