उरुग्वेले जित्यो फिफा यू–२० विश्वकप
काठमाडौं । फिफा यू–२० पुरुष विश्वकप फुटबलको उपाधि उरुग्वेले आफ्नो पोल्टामा पारेको छ । सोमबार बिहान अर्जेन्टिनामा सम्पन्न खेलमा इटालीलाई १–० को झिनो गोलान्तरमा पराजित गर्दै उरुग्वे च्याम्पियन बनेको हो ।
उरुग्वेको जितमा लुसियानो रोड्रिगेजले निर्णायक गोल गरे । उनले खेलको ८६ औं मिनेटमा आफ्नो देशलाई जित दिलाउने निर्णायक गोल गरेका हुन् ।
यू–२० विश्वकपको उपाधि उरुग्वेले पहिलो पटक हात पारेको हो । यसअघि दुई पटक उरुग्वे उपविजेता बनेको थियो ।
ताजा अपडेट
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
२०३३ सालको तुलनामा अहिले नेपालको राष्ट्रियता झनै ठूलो संकटमा छः पूर्णबहादुर खड्का
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा


प्रतिक्रिया