इसेवामार्फत् नेपाल टेलिकमको रिचार्ज गर्दा कोमाकी स्कुटर जित्ने अवसर

काठमाडौं । इसेवामार्फत नेपाल नेपाल टेलिकमको रिचार्ज गर्दा इलेक्ट्रिक स्कुटर जित्न सकिने अफर सार्वजनिक भएको छ ।
यो अफरमा सहभागी हुन एनटीसी प्रिपेड, एनटीसी पोस्पेड र एनटीसी डाटा प्याक एप वा इसेवाको वेबसाइटमार्फत रिचार्ज गनुपर्ने इसेवाले जनाएको छ ।
यो अभियान अवधि १५ असारसम्म लागु हुनेछ । यो अभियान अवधिभर प्रोमोकोडहरू प्रयोग गरेर १० प्रतिशतसम्म क्याब्याक प्राप्त गर्न सकिनेछ । रिचार्ज गरेको २४ घण्टा भित्र क्यासब्याक इसेवा वालेटमा जम्मा हुनेछ ।
कोमाकी फ्लोरा एक इलेक्ट्रिक स्कुटर हो । जसले प्रति चार्ज ७५-१०० किलोमिटरको माइलेज दिनुको साथै सहज र रमाइलो सवारी अनुभव सुनिश्चित गराउन शक्तिशाली ३ हजार वाट मोटरको जडान गरिएको छ ।
हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ८० लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका २ लाख भन्दा बढी एजेन्टमार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा जनसंख्याले सेवा लिइरहेका छन् ।
ताजा अपडेट
-
सरकार र यातायात व्यवसायीबीच वार्ता सुरु
-
देवी घर्ती र दिनेश क्षेत्रीको स्वरमा ‘सिसा झ्यालैमा’ गीत सार्वजनिक (भिडियाेसहित)
-
सङ्घीय सरकारबाट प्रदेशलाई जाने बजेटः कर्णालीलाई सबैभन्दा बढी, गण्डकीलाई कम
-
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाए
-
सुदूरपश्चिमका स्थानीय तहमा राजस्व वृद्धि कसरी ?
प्रतिक्रिया