अक्सिजनको अभावमा टेक्सासमा हजारौं माछा मरे
एजेन्सी । अमेरिकाको टेक्सास राज्यको गल्फ कोस्ट क्षेत्रका समुन्द्री किनारमा दुर्लभ मेन्हाडेन प्रजातीका हजारौं माछाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएका छन् ।
क्विन्टाना तटबीच काउन्टी पार्कबाट करिब ९.७ किलोमिटर टाढा ब्राजोस नदीको मुहान नजिकै ब्रायन बिचको विकट छेउमा मरेका माछा फेला परेको गल्फ कोस्टमा रहेको बिचफ्रन्ट पार्कका अधिकारीहरुले बताएका छन् ।
शुक्रबारदेखि तटीय पानीमा सयौं मरेका माछा तैरिरहेको तस्बिर सार्वजनिक गरेका निकुञ्जका अधिकारीहरूले सतही पानी र सूर्यको प्रकाशको कमीका कारण अक्सिजनको मात्रा घटेकोले माछाह मरेको बताएका छन् ।
सफाइको प्रयास जारी रहे पनि पानी कम हुँदा अक्सिजनको अभाव भएको र त्यहाँ अझै हजारौं माछाहरू मर्ने अनुमान गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया