बजेट र सत्ता गठबन्धनबारे माधवको विरोधाभाष अभिव्यक्ति

काठमाडौं । सत्तारूढ घटक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन जोगाउने वा भत्काउने सम्बन्धमा विरोधाभाष अभिव्यक्ति दिएका छन् ।
सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेट परिमार्जन नगरे सरकार ढल्ने अभिव्यक्ति दिँदै आएका नेपालले सोमबार दोहोरो चरित्रको कुरा गरेका हुन् ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा वर्तमान गठबन्धन जोगाउनुको विकल्प नभएको बताए । गठबन्धन घटकहरूबीचका केही मतान्तर स्वाभाविक भएको धारणा राखे ।
‘अहिले दुईवटा गठबन्धन रहेको छ । एउटा सत्ता गठबन्धन र अर्को विपक्षी गठबन्धन । हामी सत्ता गठबन्धनमा छौं’, उनले भने, ‘सत्ता घटकहरूबीच केही मतान्तरण हुन सक्ला । सत्ता बाहिरको गठबन्धनका शक्तिहरू संविधानमाथि गम्भीर आघात पुर्याउने खालका छन् । संघीयतामाथि विश्वास नगर्ने मात्रै होइन, समाप्त पार्न चाहने शक्तिहरू छन् । त्यसैले गठबन्धन जोगाउनुको विकल्प छैन ।’
एकातिर गठबन्धन जोगाउनुपर्ने धारणा राखेका उनले सरकारले ल्याएको बजेटमाथि चर्को असन्तुष्टी पोखे । ‘सरकारले ल्याएको बजेट विभेदकारी छ । यसलाई परिमार्जन गर्नुपर्छ । बजेट केही जिल्लामा मात्र केन्द्रित रहेको गुनासा आएका छन् । बजेट परिमार्जन भए सरकार ढल्न सक्छ’, उनले चेतावनी दिए ।
बजेटमाथि एकीकृत समाजवादीले तिव्र असन्तुष्टी पोख्दै आएका छन् ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया