एमबाप्पे बिक्री गर्ने तयारीमा पिएसजी

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले केलियन एमबाप्पेलाई बिक्री गर्ने तयारी अघि बढाएको छ ।
तेज गतिका फरवार्ड एम्बाप्पेले सम्झौता नवीकरण नगर्ने बताएपछि पिएसजीले उनलाई बिक्री गर्ने तयारी गरेको हो ।
एमबाप्पे सन् २०१७ मा मोनाकोबाट लोनमा पिएसजी प्रवेश गरेका थिए । कीर्तिमानी गोलकर्ता एमबाप्पेले पिएसजीका लागि २६० खेलमा २१२ गोल गरेका छन्। पिएसजीसँगको उनको सम्झौता आगामी सिजनको अन्त्यमा सकिँदैछ । २४ वर्षीय एमबाप्पेलाई सन् २०२५ सम्म नवीकरण गर्ने कि नगर्ने भनेर पिएसजीलाई बताउन जुलाई ३१ सम्मको समयसीमा थियो । त्यसअगावै एमबाप्पेले एक पत्र लेख्दै सम्झौता नवीकरण नगर्ने बताइसकेका छन् ।
स्पेनिस क्लब रियल मड्रिडले लामो समयदेखि एमबाप्पेलाई भित्राउने इच्छा देखाएको छ । त्यसैले उनको आगामी क्लब यात्रा रियलमा हुने ठानिएको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया