NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

ओडिशामा १६१ किलो गाँजा बरामद, तीन जना पक्राउ

एजेन्सी । ओडिशाको अङ्गुल जिल्लाको चन्द्रपुर गाउँबाट १६१ किलोग्राम गाँजा बरामद गरिएको छ ।

साथै सो कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरिएको छ । अवैध लागूऔषध विरुद्धको अभियानमा सन् २०२० देखि एसटिएफले ६९ किलोग्राम ब्राउन सुगर, हेरोइन २०२ ग्राम कोकेन, ७५० ग्राम अफिम र ११५ क्विन्टल भन्दा बढी गाँजा बरामद गरेको छ।

त्यसैगरी एसटीएफले १७२ भन्दा बढी लागुऔषध कारोबारीलाई पनि पक्राउ गरेको छ ।