संसद छलेर अध्यादेशमार्फत बजेट ल्याउने तयारीमा काेशी सरकार

काठमाडौं । प्रदेशसभामा अल्पमतमा परेको कोशी प्रदेश सरकारले संसद छलेर बजेट ल्याउने तयारी गरेकाे छ ।
औपचारिकता पुरा गर्न मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरेपनि संसदबाट अनुमोदन हुने स्थिति छैन । आज दिउँसो १ बजे प्रदेश प्रमुख परशुराम खापुङले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यासूची तय भएको छ ।
जेठ २३ गते माओवादी केन्द्रले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि एमालेबाट मुख्यमन्त्री भएका हिक्मत कार्की नेतृत्वको सरकार अल्पमतमा परेको हो । संविधान बमोजिमा मुख्यमन्त्री कार्कीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ । तर विश्वासको मत छलेर नीति तथा कार्यक्रम र बजेट ल्याउन खोजिएपनि अनुमोदन नहुने देखिएपछि बजेट अधिवेश नै अन्त्य गर्ने बाटोमा कार्की रहेका छन् । प्रदेश प्रमुखले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि संसद अधिवेशन अन्त्य गरी अध्यादेशमार्फत बजेट ल्याउने तयारीमा सरकार जुटेको छ ।
संविधान अनु्सार संसद् अधिवेशन चालु रहेको अवस्थामा अध्यादेशमार्फत बजेट ल्याउन नपाइने भएकाले संसद छलेर बजेट ल्याउने तयारी गरेको हो ।
९३ सदस्यीय प्रदेशसभामा नीति तथा कार्यक्रम र बजेट हुमतले पारित हुन ४७ जना सदस्य आवश्यक पर्छ । अहिले सरकारको पक्षमा एमालेका ४० र राप्रपाका ६ जना गरी ४६ जना सांसद मात्रै छन्। विपक्षमा नेपाली काँग्रेस २९, नेकपा माओवादी केन्द्रको सभामुखसहित १३, एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टीको १ गरी ४७ जना सांसद छन्।
ताजा अपडेट
-
आईपीएल : आरसीबीले पञ्जाबलाई दियो १९१ रन लक्ष्य
-
काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे निलम्बित, जोशीलाई नयाँ जिम्मेवारी
-
यातायात व्यवसायीको आन्दोलन फिर्ता, सार्वजनिक सवारी साधन चल्ने
-
विपद् व्यवस्थापनमा क्रियाशील हुन गृहमन्त्रीको निर्देशन
-
गण्डकीमा राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित
प्रतिक्रिया