रियलको नजर एमबाप्पेमाथि, कतिसम्म खर्चेला ?

काठमाडौं । सन् २०१७ मा मोनाकोबाट लोनमा पेरिस सेन्ट जर्मेन (पिएसजी) अनुबन्धित केलियन एमबाप्पेको आगामी सिजनमा सम्झौता म्याद सकिँदैछ । म्याद सकिए पनि उनले पिएसजीमा सम्झौता नवीकरण गर्न अरुचि देखाएका छन् । एक पत्र नै लेखेर एमबाप्पेले पिएसजीसँग सम्झौता नवीकरण नगर्ने प्रष्ट पारेका छन् । एमबाप्पे पिएसजी नरहने पक्का भएपछि ठूला फुटबल क्लबको नजर उनीतिर परेको छ । यसक्रममा विभिन्न क्लब उनलाई भित्राउन लागिपरेका छन् ।
पिएसजीका तेज गतिका फरवार्ड केलियन एमबाप्पेलाई मोटो रकम खर्चेर भए पनि आफ्नो क्लबमा भित्राउन रियल मड्रिड तयार देखिएको छ ।
फ्रान्सको एक टेलिभिजनले मोटो रकम खर्चेरै भए पनि एमबाप्पे अनुबन्ध गर्न रियल तयार रहेको जनाएको छ । उक्त टेलिभिजनले सम्प्रेषण गरेको समाचार अनुसार, यसका लागि रियलले २०० मिलियन युरो खर्चंन सक्छ । ला लिगा क्लब रियलले एमबाप्पे भित्राउन लामो समयदेखि रुचि देखाइरहेको छ ।
पछिल्लो समय पीएसजी पनि एमबाप्पेलाई बेच्ने तयारी गरेको छ । सम्झौता नवीकरणमा एमबाप्पेले अरुचि देखाएपछि पिएसजीले उनलाई बिक्री गर्ने तयारी गरेको हो ।
सन् २०१७ मा पिएसजी भित्रिएका एमबाप्पेले यो क्लबका लागि हालसम्म २६० खेल खेलेका छन् । जसमा उनले गरेको गोल संख्या २१२ छ ।
ताजा अपडेट
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
-
प्रचण्डद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
प्रतिक्रिया