घोराही सिमेन्टले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्दै
काठमाडाैं । घोराही सिमेन्टले प्रिमियम मूल्यमा बिहीबारदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले प्रतिशेयर रु. १ सय अंकित मूल्यमा ३३५ रुपियाँ प्रिमियम मूल्य थप गरेर प्रतिकित्ता रु. ४३५ का दरले ६९ लाख ११ हजार ६ सय ७० कित्ता आइपीओ निष्काशन गर्न लागेको हो ।
उक्त आइपीओमा लगानीकर्ताले असार ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा आईपीओ बिक्री नभएमा असार १४ गतेसम्म बिक्री खुला रहने कम्पनीले जनाएको छ । आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । आइपीओको बिक्री प्रबन्धमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया