उत्तर कोरियाद्वारा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहार
सियोल । उत्तर कोरियाले बिहीबार अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले भने बताएका छन् । प्योङयाङले सन् २०१७ यता पहिलोपटक यस्तो शक्तिशाली हतियार प्रक्षेपण गरेको बताइएको छ ।
जापानी अधिकारीहरुका अनुसार यो क्षेप्यास्त्रले १ हजार १ सय किलोमिटर टाढासम्म प्रहार गर्न सक्छ र ६ हजारको उचाइसम्म पुग्न सक्छ ।
‘यो अध्यक्ष किम जोङ उनले अन्तर्राष्ट्रिय समुदायलाई प्रतिज्ञा गरेको अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपणको निलम्बनको उल्लंघन हो’, मुनले एक विज्ञप्तिमा उल्लेख गरेका छन् ।
आणविक हतियार सम्पन्न राष्ट्र उत्तर कोरियाले गरेको क्षेप्यास्त्र प्रहारको यो पछिल्लो हो शृङ्खला हो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया