विद्युत प्राधिकरणले दैनिक २० देखि २२ करोडको नोक्सानी व्यहोर्नुपर्छ : कार्यकारी निर्देशक घिसिङ
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतसँग महंगोमा बिजुली किन्नुपर्दा प्राधिकरणलाई दैनिक २०–२२ करोड रूपैयाँको अतिरिक्त नोक्सान व्योहोर्नुपर्ने बताएका छन् । आज प्राधिकरणद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएका हुन् ।
यसरी उच्च मूल्यमा बिजुली किनेर लामो समय प्राधिकरणले धान्न नसक्ने उनले बताए । छोटो समयको लागि महंगो नै भएपनि प्राधिकरणले भारतसँग ३८ रुपैयाँमा बिजुली किन्न लागेको जनाए । कार्यकारी निर्देशक घिसिङले ३५ दिनसम्म महँगो मूल्यमा ८ अर्ब रुपैयाँसम्म नोक्सान हुने कुरा स्पष्ट पारेका छन् ।
उनले प्राधिकरणको विषयमा सम्बन्धित रहेर सरकार, एफएनसीआई, सिमेन्ट इन्डस्टीलगायत विभिन्न निजी व्यवसायीहरुलाई बोलाएर छलफल गरेको बताए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया