क्रोएसिया नेसन्स लिगको फाइनलमा
काठमाडौं । नेदरल्याण्डलाई ४–२ गोलान्तरमा हराएर क्रोएसिया युइएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ । अतिरिक्त समयमा खेलको नतिजा परिवर्तन गर्दै क्रोएसियाले फाइनल यात्रा तय गरेको हो ।
खेलको ३४ औं मिनेटमा डोनएल मालनले गोल गरेपछि नेदरल्याण्डले सुरुवाती अग्रता लिएको थियो । तर ५५ औं मिनेटमा क्रोएसियाका आन्द्रेज क्रमारिचले गोल फर्काएर खेल बराबरीमा ल्याए ।
७२ औं मिनेटमा मारियो पासालीचले गोल गर्दै क्रोएसियालाई २–१ को अग्रता दिलाए । खेलको इन्जुरी समयमा नोया लांगले गोल गर्दै नेदरल्यान्ड्सलाई २–२ को बराबरीमा फर्काउन सफल भए ।
निर्धारित समयमा हारजित हुन नसकेपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो ।
अतिरिक्त समय क्रोएसियाका लागि फलदायी बन्यो । खेलको ९८ औं मिनेटमा ब्रुनो पेट्कोभिचले गोल गर्दै टिमलाई ३–१ को अग्रता दिलाए । ११६ औं मिनेटमा लुका मोड्रिचले फेरि अर्को गोल थपेर क्रोएसियालाई ४–२ को जित दिलाए ।
अब उपाधिका लागि क्रोएसियाले इटाली र स्पेनमध्ये एकसँग खेल्नेछ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया