राजीनामा दिएको एक हप्ता नपुग्दै महराका स्वकीय सचिव श्रीमतीसहित एमालेमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा (एमाले) प्रवेश गरेका छन् ।
दाङको घोराही उपमहानगरपालिकाका अध्यक्षसमेत रहेका शर्मालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी प्रवेश गराएका हुन् ।
उनीसहित उनकी पत्नी सीता चौधरी पनि एमाले प्रवेश गरेकी छिन् । पार्टीले उपमहानगर कमिटीका पदाधिकारी छनोटमा मानोमानी गरेको
आरोप लगाउँदै मंगलबार पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका थिए ।
उनले आफु माओवादी केन्द्रको सम्पूर्ण जिम्मेवारी मुक्त भएपनि स्वतन्त्र कुनै पार्टी प्रवेश नगर्ने बताएका थिए ।
ताजा अपडेट
-
बजेट अभावले कञ्चनपुरमा पुल निर्माणको काम प्रभावित
-
सभामुख घिमिरेले गरे संसदको अवरोध हटाउन प्रमुख दलका सचेतसँग छलफल
-
नागढुङ्गा-नौबिसे सडकमा थप ५ दिन सवारी आवागमन बन्द हुने
-
मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
-
‘प्रचण्ड’ले बोलाए प्रतिपक्षी दलहरूको बैठक
प्रतिक्रिया