काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई कृषि विकास बैंकको आर्थिक सहयोग
काठमाडाैं । कृषि विकास बैंक लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बुधबार उक्त संस्थालाई सहयोग गरेको हो ।
बुढानिलकण्ठस्थित संस्था्रको कार्यालयमा आयोजित कार्यक्रममा बैंकका उपमहाप्रबन्धक प्रताप सुबेदीले संस्थाका अध्यक्ष प्रा.डा. भववान कोइरालालाई पाँचलाखको चेक हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा उपमहाप्रधन्धक सुबेदीले पवित्र कार्यको लागि बैंकले सानो सहयोग गर्न पाएकोमा बैंक परिवार गौरवान्वित भएको विचार व्यक्त गरे । कार्यक्रममा संस्थाका अध्यक्ष डा. कोइरालाले बच्चाहरुले स्वास्थ्य उपचार पाउन नसकिरहेको अवस्थामा उनीहरुको स्वास्थ्य सेवा सुधार गर्ने उद्देश्यका साथ किओचको स्थापना भएको बताए ।
सन् २०१७ मा स्थापना भएको यस संस्थाले विभिन्न दातृ निकायहरुको सहयोगमा बाल अस्पताल निर्माण कार्यको थालनी गरिसकेको बताउँदै अध्यक्ष डा. कोइरालाले कृषि विकास बैंकले गरेको सहयोगको लागि धन्यवाद व्यक्त गरे । कार्यक्रममा बैंकको वाग्मती प्रदेश कार्यालयका मुख्य निर्देशक निर्मलप्रसाद उपाध्याय, सञ्चालन तथा बजार व्यवस्थापन विभागका विभागीय प्रमुख मिनराज पोखरेल, वरिष्ठ शाखा प्रमुख सरोज महत, महाराजगञ्ज शाखाका प्रबन्धक नवराज सत्याल, वरिष्ठ ऋण अधिकृत शान्तिराम भट्टराई तथा ससंस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया