बागमती प्रदेशका ७१ शिक्षकको बढुवा (नामावलीसहित)

काठमाडौं । बागमती प्रदेशका ७१ शिक्षकको पदोन्नति भएको छ । शिक्षा सेवा आयोग, शिक्षा विकास निर्देशनालय, हेटौंडाले प्राथमिक तह प्रथम श्रेणीका शिक्षकहरूको कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा गरेको हो ।
निर्देशनालयले यसअघि बढुवाका लागि योग्यता पुगेका शिक्षकसँग आवेदन माग गरेको थियो । आवेदन दिएकामध्ये सबैभन्दा बढी अंक प्राप्त गर्नेलाई शिक्षक सेवा आयोग नियमावली, २०५७ को परिच्छेद ४ को नियम ३३ अनुसार बढुवा गरिएको निर्देशनालयले जनाएको छ ।
पदोन्नति हुनेहरूमा दोलखा जिल्लाका १०, रामेछापका ३, सिन्धुलीका ७, सिन्धुपाल्चोकका ६, रसुवाका ३, चितवनका ६, मकवानपुर र ललितपुरका ५/५, काठमाडौंका ११, काभ्रेपलाञ्चोकका २, धादिङका ६ र नुवाकोटका ८ शिक्षक छन् ।
हेर्नुहोस् सूची
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया