बागमती प्रदेशका ७१ शिक्षकको बढुवा (नामावलीसहित)
काठमाडौं । बागमती प्रदेशका ७१ शिक्षकको पदोन्नति भएको छ । शिक्षा सेवा आयोग, शिक्षा विकास निर्देशनालय, हेटौंडाले प्राथमिक तह प्रथम श्रेणीका शिक्षकहरूको कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा गरेको हो ।
निर्देशनालयले यसअघि बढुवाका लागि योग्यता पुगेका शिक्षकसँग आवेदन माग गरेको थियो । आवेदन दिएकामध्ये सबैभन्दा बढी अंक प्राप्त गर्नेलाई शिक्षक सेवा आयोग नियमावली, २०५७ को परिच्छेद ४ को नियम ३३ अनुसार बढुवा गरिएको निर्देशनालयले जनाएको छ ।
पदोन्नति हुनेहरूमा दोलखा जिल्लाका १०, रामेछापका ३, सिन्धुलीका ७, सिन्धुपाल्चोकका ६, रसुवाका ३, चितवनका ६, मकवानपुर र ललितपुरका ५/५, काठमाडौंका ११, काभ्रेपलाञ्चोकका २, धादिङका ६ र नुवाकोटका ८ शिक्षक छन् ।
हेर्नुहोस् सूची

![]()
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया