विश्व रक्तदाता दिवसका अवसरमा सात जिल्लामा रक्तदान
विश्व रक्तदाता दिवस १४ जुनका अवसरमा उक्त समाजको महोत्तरी शाखाले जलेश्वरमा आयोजना गरेको कार्यक्रममा २८ जनाले र चितवन शाखाले आयोजना गरेको कार्यक्रममा १४ जनाले रक्तदान गरेका छन् ।
सोही समाजकै रुपन्देही शाखा र नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखाको संयुक्त आयोजनामा बुटवलमा सम्पन्न रक्तदान कार्यक्रममा तीन दर्जनले रक्तदान गरेका छन् ।
शान्ति समाज नुवाकोट शाखा र नुवाकोट आदर्श बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा बट्टारमा सम्पन्न कार्यक्रममा ३४ जनाले रक्तदान गरेको जनाइएको छ । यस्तै शान्ति समाज पाल्पा, बाँके र सुनसरी शाखाले पनि रक्तदान कार्यक्रम गरेका छन् ।
सन् २००४ देखि जुन १४ का दिन अन्तर्राष्ट्रियस्तरमै विश्व रक्तदाता दिवस मनाउने गरिएको छ । शान्ति समाजले आफ्नो स्थापना दिवस, राष्ट्रिय परिषद् बैठकलगायत विभिन्न सन्दर्भमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया