चैतभित्र उम्मेदवार सिफारिस गर्न ओलीको निर्देशन, विभागको सचिव छान्ने जिम्मा सचिवालयलाई
काठमाडौं । नेकपा (एमाले)ले चैत मसान्तभित्र स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मतहतका कमिटीलाई निर्देशन दिएको छ ।
दुई दिनदेखि काठमाडौंमा जारी केन्द्रीय कमिटीले बैशाख ३० मा हुने स्थानीय चुनावका लागि ढिलोमा चैत मशान्तसम्मको समयसीमा तोकेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
उनका अनुसार २२ वटा विभागको सचिव नियुक्त गर्ने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ । यसअघि विभागका इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी तोके पनि सचिव पद रिक्त रहेको थियो ।
एमालेले ६ महानगर र ११ उपमहानगरको उम्मेदवार केन्द्रीय कमिटीले छान्ने निर्णय गरिसकेको छ ।
त्यस्तै नगरपालिका र गाउँपालिकाको उम्मेदवार प्रदेश कमिटी र वडाध्यक्ष र सदस्य जिल्ला कमिटीले छनोट गर्ने निर्णय गरेको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया